यो मन त मेरो नेपाली हो


खुसीको कुरा /पाँचवटा पहाडी जिल्ला शून्य संक्रमित /७२ जिल्लामा कोरोना

भदौ १७, २०७७ काठमाडौं : मुलुकभरका ७२ जिल्लामा कोरोना संक्रमित थपिँदा पाँच जिल्लामा शून्य संक्रमण रहेको छ। सोलुखुम्बु, मुस्ताङ, मुगु, डोल्पा र हुम्ला शून्य संक्रमित भएका हुन्। देशभर संक्रमितको संख्या बढिरहँदा पाँच जिल्ला शून्य संक्रमित भएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिएका छन्। पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेको १२ वटा जिल्ला रहेको छ। मोरङ, सुनसरी, धनुषा, पर्सा, बारा, महोत्तरी, काठमाडौं, ललितपुर र चितवन रहेका छन्। बुधबार ५३ जिल्लामा थप १ हजार १ सय २० कोरोना संक्रमित थपिएका छन्। ८ सय पुरुष र ३ सय २० महिला रहेका छन्। पछिल्लो २४ घण्टामा १ हजार १ सय १२ संक्रमित निको भइ डिस्चार्ज भएका छन्।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add