यो मन त मेरो नेपाली हो


१ करोड ३८ लाख भारुको नयाँ कार खरिदपछि विवादमा अमिताभ बच्चन

काठमाडौं । कोरोना भाइरसलाई पराजित गरेर घर फर्किएका बलिउड अभिनेता अमिताभ बच्चनले शुभेच्छुकले जति माया पाए तर हिजोआज गाली पाइरहेका छन् ।

एउटा विलासी कार खरिद गरेर फोटो सेसन गरी सामाजिक संजालमा पोष्ट भएपछि उनको ब्यापक आलोचना भइरहेको छ ।उनले हालै खरिद गरेको नयाँ विलासी कार मर्सिडीज एस–क्लास विश्व महामारीका बेला अनावश्यक भएको सामाजिक संजाल प्रयोगकर्ताहरुको भनाइ छ ।
केहि हप्ता अगाडी कोरोना जितेका उनले नयाँ कार गरेर कारसहित पोज दिइरहेको तस्वीर भाइरल बनेको थियो । उक्त तस्वीरमा उनलाई गाली र आलोचनाको बर्षा नै भएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस

भारतमा कोरोनाका कारण सयौं मानिसको मृत्यु भइरहेको, लाखौं संक्रमित भएको र करोडौं मानिस भोकमरीमा परिरहेका बेला कार खरिद गर्नु फजुल खर्च भएको भनेर आलोचना भएको हो । हालै सार्वजनिक उक्त कारको मुल्य १ करोड ३८ लाख भारु रहेको छ । यद्यपी, उक्त कार अमिताभले खरिद गरेको नभइ विज्ञापनका लागि फोटो सेसन गरेको पनि भनिएको छ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add