यो मन त मेरो नेपाली हो


नेपाली नायिका रिस्ता अभिनित हिन्दि गीतको भिडियो सार्वजनिक (भिडियो)

काठमाडौँ:पछिल्लो समय इन्डियामा टिकटक हुँदै म्युजिक भिडियोमा पपुलर बनिरहेका मोडल मञ्जुल खट्टरसँग भिडियोमा नेपाली अभिनेत्री रिस्ता बस्नेत देखिएकी छिन् । गत फागुनमा नेपालको पोखराका विभिन्न मनोरम दृश्यमा छायाँकन गरिएको भिडियोलाई जी म्युजिकको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । नेपाली प्राविधिक प्रयोग गरेर तयार गरिएको ’साथिया तेरे बिना’ गीतको भिडियोमा नेपालको सुन्दरता देख्न सकिन्छ । हिन्दी भाषाकै गीतको छायाँकनको लागि नेपाल आइपुग्दा मञ्जुल खुशी देखिन्थे ।छायाँकन सकिएपछी नेपाल निकै सुन्दर रहेको प्रतिक्रिया मञ्जुलले दिएका थिए । नेपालको सुन्दरताको बारेमा सुनेका मञ्जुल यहिँ गीतको छायाँकनको लागि पहिलो पटक नेपाल आएका थिए । उनले सुन्दर भिडियो निर्माणका लागि नेपाली प्राविधिकलाई धन्यवाद दिएका छन् । टिकटकबाट चिनिएका मञ्जुल पछिल्लो समय म्युजिक भिडियोमा उत्तिकै व्यस्त छन् ।गीतमा कार्तिक र ज्योतिकाको स्वर रहेको छ । सार्वजनिक गीतमा शब्द संजीव पाण्डेको रहेको छ भने संगीत पुनित पाण्डेले दिएका छन् । हिन्दी भाषाको गीतलाई टिकम शर्माले निर्माण गरेका हुन् भने यसलाई सम्राट शाक्यले निर्देशन गरेका छन् ।
चलचित्र ‘यात्रा’ मार्फत निर्देशनमा आएका सम्राटको यो पहिलो भिडियो निर्देशन हो । भिडियोमा पुरुषोत्तम प्रधानको छायांकन , कमल राईको नृत्य निर्देशन , अर्जुन जिसीको सम्पादन , रेनिश फागोको कलर करेक्सन , वसन्त घर्ति मगरको भीएफएफ्क्स , यादव पौडेलको प्रोडक्सन र सुरेश न्यौपाने सहायक निर्देशक रहेका छन् ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add