यो मन त मेरो नेपाली हो


विकास बोर्डको अध्यक्षका लागि आवेदन खुल्यो

काठमाडौँ:केशव भट्टराईको असामयिक निधनपछि खाली रहेको चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आवदेन खुल्ला गरिएको छ । सरकारले आज बोर्ड अध्यक्ष पदका लागि आवेदन आह्वान गरेको हो । राजनीतिक नियुक्ती हुने बोर्ड अध्यक्षको लागि केहि बर्ष अघिदेखी भने आवेदन माग गरि खुल्ला प्रतिष्पर्धा भन्ने गरिएको छ । आवेदन एउटा प्रक्रिया मात्र भएको तर नियुक्ती भने घुमाई फिराई राजनीतिक नै हुने गरेको चलचित्रकर्मीहरु बताउँछन् ।
इच्छुक व्यक्तिले सूचना पकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्ने छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यसका लागि विभिन्न योग्यतासमेत तोकेको छ । बोर्ड अध्यक्ष हुनका लागि ३० वर्ष पुरा भएर ६५ वर्ष ननाघेको नागरिक हुनुपर्ने छ । साथै, कुनै पनि बिषयमा स्नातक पास गरेका र चलचित्र क्षेत्रमा १० बर्ष विताएका व्यक्तिले आवेदन दिन सक्नेछन् । प्रविणता प्रमाणपत्र तह उत्तिर्ण गरेर चलचित्र क्षेत्रमा २० बर्ष बिताएका व्यक्तिले पनि आवेदन दिन सक्नेछन् ।

बोर्डमा अध्यक्ष नहुँदा चलचित्रसम्बन्धी विभिन्न गतिविधिहरु ठप्प रहँदै आएका छन् । त्यसो त, बोर्डको अध्यक्ष पदका लागि आवेदन खुला गरिए पनि सरकारले भनसुनका आधारमा अनुकुल व्यक्तिलाई नै बोर्डमा लाने गरेको छ । यसअघि बोर्डको अध्यक्ष पदका लागि निर्देशक दयाराम दाहालको नाम अगाडि आएको थियो ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add