यो मन त मेरो नेपाली हो


मुम्बईमा एकै परिवारका ८ जना नेपाली कोरोना संक्रमित

मुम्बई - भारतको मुम्बईमा एकै परिवारका ८ जना नेपालि कोरोना संक्रमित भएका छन । अछाम चौरपाटि गाउपालिका ५ लुग्रा स्थाई घर भई विगत लामो समयदेखि मुम्बईमा बसोबास गर्दै आएका चेतमान खड्काको परिवार कोरोना संक्रमित भएको हो ।
खड्काले परिवारमा आफु लगाएत ८ जनामा पनि कोरोना पोजेटिभ देखिएको जानकारि दिए । अहिले संक्रमित सबै अस्पतालमा उपचारत छन भने छोरा होम क्वारेन्टाइनमा रहेको उनले बताए । परिवारीक श्रोतका अनुसार कोरोना संक्रमण देखिए पनि उनीहरु आठै जनाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ । 
खड्काले सामाजिक संजाल फेसबुक मार्फतपनि सो कुराको बारेमा जानकारि दिएका छन । विश्व महामारिको चपेटामा आफु लगाएत सिंगो परिवार परेको जानकारि दिदै उनले यसवाट बच्न सबैलाई घरबाट बाहिर ननिस्कन पनि सुझाव दिएका छन ।चेतमान खड्का देखचेम्स ग्रुपका संचालक तथा समाजसेवि व्यक्ति हुन ।
उनले मुम्बई लगाएत भारतका विभिन्न शहरहरूमा ८४ पटकसम्म नेपाली सास्कृतिक कार्यक्रमहरू आयोजना गर्दै आएका थिए ।यतिबेला खड्काका शुभचिन्तक , ईस्टमित्र तथा कलाकारहरूले सामाजिक संजाल तथा टेलिफोन मार्फत पनि शिघ्र स्वाथ्यलाभको कामना व्यक्त गरिरहेका छन ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add