यो मन त मेरो नेपाली हो


विमानस्थलमा नयाँ नियम, आजबाट ‘भिजिटर पास’ बन्द

काठमाडौं, फागुन २० । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यानमा राखी विमानस्थलबाट यात्रुको सुविधाका लागि उपलब्ध गराउँदै आएको ‘भिजिटर पास’ वितरण बन्द गरेको छ ।
अन्तरराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले विज्ञप्ति जारी गरी अर्को व्यवस्था नभएसम्मका लागि पास वितरण बन्द गरेको हो । विमानस्थलबाट आवतजावत गर्ने सबै हवाई यात्रुलाई स्वागत तथा बिदाइ गर्न आउने आफन्तजनलगायतलाई अत्यावश्यक अवस्थाबाहेक विमानस्थल क्षेत्रमा प्रवेश नगरिदिन र अत्यावश्यक काममा आउने सबैलाई मास्क प्रयोग गरिदिन पनि अनुरोध गरिएको छ ।

चीनको वुहान शहरमा देखा परेको कोरोना भाइरसको सं’क्रम’णबाट बच्न सचेतना अपनाउनुपर्ने भएको तथा विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई उच्च जोखिममा राखेका कारण यस्तो व्यवस्था गरिएको विमानस्थलले जनाएको छ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add