यो मन त मेरो नेपाली हो


अभिनेत्री आँचल शर्माको प्रेमी डा. उदीप श्रेष्ठसँग इन्गेजमेन्ट,फागुन २९ मा बिहे हुदै

अभिनेत्री आँचल शर्माले इन्गेजमेन्‍ट गरेकी छिन् । आँचलले प्रेमी डा. उदीप श्रेष्ठसँग आज (सोमबार) इन्गेजमेन्ट गरेकी हुन् । आँचल र चितवनका उदीपले काठमाडौंमा इन्गेजमेन्ट गरेका हुन् ।
 इन्गेजमेन्टमा आँचल र उदीपको परिवार तथा नजिकका केही आफन्तहरुको मात्र उपस्थिती थियो । उनीहरुले विवाह भने फागुनको २९ गते हुने भएको छ ।राजधानीको बुढानिलकण्डमा रहेको होटल पार्क भेन्यूमा धुमधामका साथ बिहे हुनेछ ।चैत्र १ गते गते डा. उदिपले होटल हायातमा भब्य रिसेप्सनको आयोजना गरेका छन् ।
झण्डै डेढ बर्ष लामो प्रेम सम्बन्धपछी उनिहरुले विवाह गर्न लागेका हुन् । उनीहरुले केही समय अगाडि मात्रै आफ्नो प्रेम सार्वजनिक गरेका थिए । यसै वर्ष बिबाह गर्ने पक्का भएपछि आँचल र उदीपले केही महिना अगाडिबाट प्रेमको बिषयमा खुलेर बोल्दै आएका थिए ।

‘नाई नभन्नु ल ४’ बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी आँचलले आधा दर्जन चलचित्रमा काम गरिसकेकी छिन् । म्युजिक भिडियो हुँदै ठुलो पर्दामा पुगेकी आँचल शर्मा नेपालकी चर्चित नायिका मध्य एकमा पर्दछिन्।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add