नेपाली संगीत जगतका सु प्रसिद्द गायक शिव परियार गए शनिबार दिँउसो राजधानी स्थित एक कार्यक्रम “गीत गज़ल र शीतल” बीच ‘स्वरका बादशाह’ उपनाम सहित अभिनन्दित भएका छन ।

घोस्ट राइटिंग नेपालको आयोजनामा सम्पन्न शब्द,स्वर र सङीतको त्रिबेणी गीत गजल र शीतल कार्यक्रममा अतिथि गण नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी ,नेपाल टेलिभिजनका निर्देशक टंक पन्त ,वरिष्ठ कवि, साहित्यकार तथा गीतकार बिप्लव प्रतिक र वरिष्ठ गज़लकार ,गीतकार ,साहित्यकार शीतल कादम्बिनि गुरुङ लगायतले दोसल्ला ,खादा तथा प्रमाण पत्र सहित अभिनन्दन गर्नु भएको थियो ।
गायक परियार पुर्बिय सास्त्रीय संगीतको साधना र चिन्तन सहित नेपाली संगीतमा पदार्पण गरेका हुन् ! हाल सम्म गायक परियारका फेवा तालमा साईली ,अलिकति नज़र तिम्रो , धेरै चोटी मरें म त, कहाँ थियौ तिमि ,क्या दामी भो , नभेटी नभेटी ,अल्लारे ,पिलायो साथीले ,संगी तथा आँसुको अर्थ सहित सयौँ गीत नेपाली संगीतमा प्रसिद्द छन ।
नेपालि साहित्यमा बिशेष गरि कविता ,गीत गज़ल र संगीत प्रति समर्पित स्रस्टाहरुलाई प्रोत्साहन तथा सम्मान गर्ने उदेश्यले आयोजना गरिने यस कार्यक्रममा अर्का अतिथि वरिष्ठ साहित्यकार कवि तथा गीतकार बिप्लव प्रतीकले आफ्ना गीत वाचन गर्नु भएको थियो ।त्यसैगरी वरिष्ठ गज़लकार , गीतकार तथा साहित्यकार शीतल कादम्बिनी गुरुङले पनि आफ्ना गीत गज़ल वाचन गर्नु भएको थियो ।दुवै स्रष्टाहरुको वाचनले कार्यक्रम अत्यन्तै रोमान्चक अनि उल्लासमय बनेको थियो । सुर ,स्वर ,गायन तथा संगीत साधनाको उच्चकोटिको समिश्रणले सम्पूर्ण नेपालीहरुको मन जित्न सफल गायक शिव परियारले आफ्नो गायनको उच्च कोटिको नमुना नेपाली संगीतमा प्रस्तुत गरेकै कारण परियारलाई यस किसिमको सम्मानले सम्मानित गरिएको साहित्यकार तथा गज़लकार शीतल कादम्बिनिले बताउनु भयो ।

0 comments:
Post a Comment