यो मन त मेरो नेपाली हो


भोजपुरी फिल्म ‘रण’ बाट नरेनको डेब्यु

काठमाडौं: अभिनेता नरेन खड्का भेजपुरी फिल्ममा देखिने भएका छन् । फिल्म ‘रण’मार्फत उनी भोजपुरी फिल्ममा देखिन लागेका हुन् । द्वन्द्व निर्देशक चन्द्र पन्तको निर्देशन रहेको ‘रण’को फष्टलुक पोस्टर सार्वजनिक गरिएको छ । पोष्टरमा आनन्द ओझा समेत देखिएका छन् । फिल्ममा नरेन र आनन्दको मुख्य भूमिका रहेको छ ।
‘रण’मा आफू नेगेटिभ भूमिकामा देखिन लागेको नरेनले बताए । भूमिका पावरफूल भएकोले रण मार्फत भोजपुरी फिल्म डेब्यू गर्न लागेको उनले सुनाए । अभिनेत्री रेखा थापा अभिनित चलचित्र ‘हमेशा’बाट नेपाली चलचित्रमा डेब्यू गरेका नरेनले ‘मन्दिरा’, ‘परदेशी’ लगायतका चलचित्रमा काम गरेका छन् ।

‘रण’को छायाँकन भारतको लखनउ, नेपालको लुम्बिनी र काठमाडौंमा हुनेछ । फिल्ममा आनन्द र नरेनसँगै काजल राघवानी, मनोज टाइगर, देव सिंह, सीपी भट्ट, अयाज खानलगायतका कलाकारको अभिनय रहनेछ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add