यो मन त मेरो नेपाली हो


‘कोभिड–१९’: भ्रामक ‘अडियो’बारे प्रहरीले थाल्यो अनुसन्धान

काठमाडौं, चैत ८ । नेपालमा ‘कोरोना’ देखिएको भनी सामाजिक सञ्जालमा ‘भाइरल’ बनेको भ्रामक श्रव्य सामग्री (अडियो)का विषयमा नेपाल प्रहरीको साइबर ब्यूरोले अनुसन्धान थालेको छ ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले अडियोका विषयमा ब्यूरोबाट अनुसन्धान थालिसकिएको जानकारी दिए ।

प्रहरीले अडियो रेकर्ड गरेर सार्वजनिक गर्ने व्यक्तिलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएको छ ।

एक व्यक्तिलाई सम्बोधन गरेर रेकर्ड गरिएको उक्त अडियो एक मिनेटको छ । अडियोमा नर्भिक अस्पतालका कर्मचारीले दिएको जानकारी भनेर उल्लेख गरिएको छ ।

उक्त अडियोका विषयमा सामाजिक सञ्जालमा अहिले आलोचना भइरहेको छ भने जनमानसमा भ्रम सिर्जना भएको छ ।

उक्त अडियोमा नेपालमा कोरोना लागेको भनेर भ्रामक प्रचार गरिएको छ ।

प्रहरीले गलत हल्लाका पछि नलागी नेपाल सरकारको आधिकारिक सूचना र जानकारीबारे ख्याल गर्नसमेत भनेको छ ।

नेपाल सरकारले गलत सूचना सार्वजनिक गर्नेलाई कारबाही गर्ने जनाइसकेको छ । रासस

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add