यो मन त मेरो नेपाली हो


राहत कोषमा कलाकार संघले नगद एक लाख एक हजार दिने

नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस नियन्त्रण राहत कोषमा नेपाल चलचित्र कलाकार संघले नगद एक लाख एक हजार दिने घोषणा गरेको छ। नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्काले उक्त सहयोग गर्न लागेको जानकारी दिए । विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणले नेपाल पनि प्रभावित बनेको छ ।

अध्यक्ष खड्काले अरुलाइ पनि यो विपदको बेला सहयोग गर्न अनुरोध गरेका छन् । बलिउडका कलाकारले भारत सरकारको कोषमा सहयोग गरेको समाचार आइ रहँदा नेपाली सेलिब्रेटीहरु कता गए भन्दै धेरैले सामाजिक सन्जालमा स्टाटस समेत लेखेका थिए । कलाकार संघले राम्रो सुरुवात गरेको छ अब अन्य सेलिब्रेटीहरुले पनि आफुले सकेको सहयोग गरे अझै राम्रो हुने थियो ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add