यो मन त मेरो नेपाली हो


दक्षिण भारतीय अभिनेता विजयको घरमा छापा,६५ करोड भारु जफत

दक्षिण भारतीय अभिनेता विजय कर छलीको आरोपमा विवादमा फसेका छन् । फिल्मको छायांकनमा व्यस्त रहेका विजयको घरमा ‘इनकम ट्याक्स’का अधिकारीले छापा मारेका छन् ।

भारतीय मिडियाका अनुसार छापा मारेर ६५ करोड भारु जफत गरिएको छ । विजयको पछिल्लो फिल्म ‘बिजिल’ का एक सदस्यबाट यो रकम जफत गरिएको हो । यो रकम दुई अलग–अलग ठाउँबाट जफत गरिएको बताइएको छ ।

यसमा ५० करोड चेन्नईबाट र १५ करोड मदुरेबाट जफत गरिएको हो । इनकम ट्याक्स डिपार्टमेन्टले एजीएस इन्टरटेनमेन्ट, एजीएस सिनेमाज, एजीएस ग्रुपमाथि निगरानी गर्दै अभिनेता विजय र लगानीकर्ता अन्बु छेजियानको घरमा समेत छापा मारेको हो ।भारतीय मिडियाका अनुसार उक्त रेड एजीएस ग्रुपलाई टार्गेट गरेर २० वटाभन्दा बढी स्थानमा एकसाथ हानिएको थियो ।



रिपोर्टसका अनुसार विजयसँग सोधपुछ चलिरहेको छ । एजीएस सिनेमाजलाई कर छलीको आरोप लागेको छ । यो ब्यानरले विजयलाई लिएर फिल्म ‘बिजिल’ बनाएको थियो ।यो फिल्मले विश्वभरबाट ३ सय करोड भारु भन्दा बढी कमाइ गरेको थियो । कर अधिकृतले फिल्मको कमाइबाट कर छली गरेको आरोप लगाएका छन् ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add