यो मन त मेरो नेपाली हो


पेस्तोल देखाएर बर्दीमै टिकटक बनाउने प्रहरीलाई कारवाही

प्रहरी बर्दीमा पस्तोल देखाएर टिकटक बनाउने प्रहरी सईलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा बोलाइएको छ।

भक्तपुरमा कार्यरत प्रहरी सई रत्नबहादुर थापा र उनकी श्रीमतीको बर्दीमै टिकटक भिडिओ सार्वजनिक भएपछि डिआइजी विश्वराज पोखरेलले कार्यलयमा बोलाएका हुन्।

‘दुवै प्रहरीलाई मैले कार्यालयमा बोलाएको छु, यता आएपछि सो गतिविधिको बारेमा बुझेर मात्रै कारबाही हुन्छ’, डिआइजी विश्वराज पोखरेलले भने।
तर सई रत्नबहादुर थापाले भने आफूले टिकटक नै नचलाउने जिकिर गरेका छन्।

‘मैले पनि समाचारमा हेरेँ, टिकटक म त चलाउँदा पनि चलाउदिन,’ सई रत्नबहादुर थापाले हामिसँग कुराकानी गर्दै भने, ‘मलाई मेट्रोमा बोलाएको छ त्यहीँ जाँदैछु।’

दुई टिकटक भिडिओ दिलुमगर९१ अकाउन्टबाट सार्वजनिक भएको हो। एक भिडिओमा दिलु मगरले पेस्तोल हातमा लिएर अभिनय गरेको देखिन्छ भने अर्को भिडिओमा रत्नबहादुर र दिलुसँगै बसेर खिचिएको छ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add