यो मन त मेरो नेपाली हो


सिड्नीमा "रगडेल होली मेला" / जाँदैछन्

बिगत ३ बर्ष देखि लगातार गर्दै आएको  रगडेल होली मेला यस पटक पनि आयोजना हुने भएको छ ।  नेपाली कला संगै संस्कृति लाई पनि उत्थान र प्रोत्शाहन हुने अभिप्रायले आयोजना गरिएको यस मेलामा यो पटक कुशल डान्सर एबम कलाकार एलिशा शर्मा र युवापुस्ताका चर्चित गायक सुशान्त केसीले स्टेज तताउने भएको छ ।  बिगतका बर्षहरुमा करिब २०००० भन्दा बढी दर्शकको साथ पाएको यस मेलाले यो पटक भने सो रेकर्ड ब्रेक गर्ने  बिस्वास लिएको छ  आयोजक टिमले ।

 रगडेल ब्वायज  र कमेरो इभेन्ट्सले अस्ट्रेलियाको सिड्नीमा मार्च ७ का दिन भब्य कार्यक्रम गर्ने बताए सो कार्यक्रमका म्यानेजर बिक्रम गुरुङ्गले ।

गुरुङ्गका अनुशार यो पटक एलिसा र सुशान्त संगै  गायक बिक्की  गुरुङ र कार्यक्रम प्रस्तोताको रूपमा ओशिन सिटौला आउनेछन त्यस्तै  अन्य चर्चित  कलाकारहरुको पनि उपस्थिति रहने छ।  " हामीले  मार्च ७ का दिन फेरी सिड्नीमा नयाँ  इतिहास रच्नेछौ " उनले भने । कार्यक्रमका लागी अन्य कलाकारहरु पुन तय गरि जानकारी दिने प्रोग्राम म्यानेजर बिक्रम गुरुङ्गले जानकारी दिनुभयो। 
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add