यो मन त मेरो नेपाली हो


’पर्खि बसें २’ निर्माण हुने ,सौभर चौधरीले निर्देशन गर्ने

गोपीकृष्ण मुभिजको व्यानरमा निर्मित सुपरहिट फिल्म ’पर्खि बसें’ को नयाँ सिरिज दर्शक माँझ आउने भएको छ । गोपीकृष्ण मुभिजले हिमालयन मुभी स्टुडियोसंगको सहकार्यमा ’पर्खि बसें २’ निर्माण गर्ने भएको छ ।

गोपीकृष्ण मुभिजको निकिता पौडेल र हिमालयन मुभी स्टुडियोको बिनोद सापकोटा बीच विहिबार समहमती भएको हो । फिल्ममा निकिता र बिनोद निर्माता रहनेछन् भने प्रदीप दाहाल र तिर्थ प्रसाद पौडेल सह निर्माताको रुपमा रहनेछन् । विक्रम संवत २०६४ को चैत्र अन्तिममा प्रदर्शनमा आएको फिल्म ’पर्खि बसें’ लाई दीपक श्रेष्ठले निर्देशन गरेका थिए भने यसको दोस्रो सिरिजलाई ’लभ डायरिज’ निर्देशक सौभर चौधरीले निर्देशन गर्ने भएका छन् । फिल्ममा कथा पनि उनकै रहनेछ ।
पहिलो सिरिज झैँ दोस्रोमा पनि सांगीतिक प्रेम कथा देखाइने सौरभले बताए । फिल्मलाई अल नेपाल वितरणको जिम्मा करण श्रेष्ठ अर्थात रीच इन्टरटेनमेन्टले पाएको छ । फिल्ममा रहने कलाकार र प्राविधिक औपचारिक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गर्ने तयारीमा टिम रहेको छ ।


यसको पहिलो सिरिजमा राज बल्लभ कोइराला , युना उप्रेती , निखिल उप्रेती लगायतको अभिनय रहेको थियो । उक्त समयमा यसको गीतसंगीतलाइ दर्शकले रुचाएका थिए भने पछि फिल्म पनि सुपरहिट भएको थियो । गोपीकृष्ण मुभिजले निर्माण गर्ने भनिएको ’माइकल अधिकारी’ आउँदो माघबाट फ्लोरमा जादैछ । त्यसपछि यो टिमको ’पर्खि बसें २’ फ्लोरमा जाने सेड्युल रहेको छ । यसको रिलिज २०७७ सालमा हुनेछ । ’पर्खि बसें’ रिलिज भएको १३ वर्षपछि यसको दोस्रो रिलिज दर्शक माँझ आउँन लागेको हो ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add