यो मन त मेरो नेपाली हो


गीतकार पुरुषोत्तम बस्नेतको शब्दमा दिनेश गौतमको 'म मरिसकेपछि' सार्वजनिक

काठमाडौं । गायक दिनेश गौतमको आवाजमा रहेको 'म मरिसकेपछि...' बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा पुरुषोत्तम बस्नेतको शब्द, पुस्तक प्रसादको संगीत र उदयराज पौडेलको उत्कृष्ट एरेन्ज छ ।
भिडियोलाई विधान कार्कीले निर्देशन गरेका छन् । भिडियोमा आयुष रिजाल, शिशिर भण्डारी, शिलाष्मा हमाल र दिपेन्द्र कार्कीको अभिनय छ । गम्भीर बिष्टको कोरियोग्राफीमा उत्सव दाहालले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् । त्यस्तै यसमा कलरिष्ट रेनिश फागो रहेका छन् ।

भिडियोमा शिक्षक र विद्यार्थीबीचको प्रेम सम्बन्धलाई देखाइएको छ । भिडियोलाई नेप्सिने फिल्म स्टुडियोले उत्पादन गरेको हो ।

माया गर्नुको के अर्थ आँशु झरिसकेपछि, जे जे गर्नुछ गरे हुन्छ म मरिसकेपछि जस्तो शब्दहरु रहेको यो गीत पुरुषोत्तम बस्नेतको प्रभाव एल्बममा समावेश छ । अडियो र भिडियोमा धेरै मिहेनत गरिएको गायक गौतमले बताए । भिडियो गायक गौतमको यु ट्युब च्यानल Dinesh Gautam बाट सार्वजनिक गरिएको छ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add