यो मन त मेरो नेपाली हो


काठमाडौंमा नयाँ नियम :जथाभावी बाटो काटे २० मिनेट सचेतना कक्षा / अरु के के छन् ?

काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखाले जथाभावी रुपमा बाटो काट्ने पैदल यात्रीलाई कारवाहीस्वरुप सचेतना कक्षा दिने भएको छ । अब पैदलयात्रीले पनि मा’दक पदा’र्थ सेवन गर्ने र ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकले जस्तै ट्राफिक नियमसम्बन्धी सचेतना कक्षा लिनुपर्ने भएको हो ।
महाशाखाका प्रमुख वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालका अनुसार पैदलयात्रीले बाटोमा हिँड्दा या बाटो काट्दा ट्राफिक नियम पालना नगरी उल्लङ्घन गरे पैदलयात्रीले २० मिनेटको सचेतना कक्षा लिनुपर्ने छ । यो व्यवस्था  सोमबार  बाट शुरु भएको हो ।

सचेतना कक्षामा सडक सुरक्षा र ट्राफिक नियमबारे सिकाइनेछ र साथै उनीहरुकै माध्यमबाट घर–घरमा सचेतनाको लागि पर्चा पम्पलेट समेत वितरण गरिने जनाइएको छ ।

हाललाई यो नियम भोटाहिटी र वीर अस्पताल अगाडि सञ्चालन गरिएको महाशखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले जनाए । कार्यक्रम सञ्चालन भएकै दिन अर्थात् सोमवार मात्र करिब १ हजार पैदलयात्रीलाई सचेतना कक्षा दिइएको प्रहरीले जनाएको छ ।

पैदलयात्रीले जथाभावी बाटो काट्दा हुने सवारी जाम हटाउनका लागि यो अभियान सञ्चालन गरिएको महाशाखाले जनाएको छ ।यसअघि प्रहरीले जथाभावी बाटो का’ट्ने र आकाशे पुलको प्रयोग नगरी बाटो का’ट्नेलाई जरिवाना तिराउने नियम ल्याएको थियो । तर, विवाद भएपछि जरिवाना हटाइएको थियो ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add