यो मन त मेरो नेपाली हो


‘लभ डायरिज’को टिजर सार्वजनिक (भिडियो)

फागुन २ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लभ डायरिज’को टिजर सार्वजनिक गरिएको छ । टिजरमा मुख्य कलाकार सुशील श्रेष्ठ र रुबिना थापालाई मात्र स्थान दिइएको छ । दुई बीचको प्रेम, रोमान्स र विछोडका दृश्य टिजरमा अटाएका छन् ।

युवायुवती बीचको माया प्रेम र कमेडी धारमा चलचित्र निर्माण भएको ‘लभ डायरिज’लाई सौरभ चौधरीले निर्देशन गरेका हुन् ।चलचित्रमा सुशिल सगै नव–नायिका रुविना थापा ,विश्वजित रिमाल, विष्णु सापकोटा, अर्जुनजंग शाही, बिशाल पहारीे लगायतको अभिनय रहेको छ ।


‘लभ डायरीज’को छायाँकनमा संजय लामा, कोरियोग्राफीमा कविराज गहतराज र चार गीत समावेश संगीतमा अर्जुन पोखरेल रहेका छन् ।चलचित्रमा साहिल खान एसोसियट निर्देशकको रुपमा छन् । साहिल र मिलन श्रेष्ठले चलचित्रमा सम्पादनको जिम्मा सम्हालेका छन् । विनोद सापकोटा निर्माता रहेको चलचित्रमा सरोज तुलाधरको सह-निर्माण छ ।चलचित्रका दुई गीत सार्वजनिक भैसकेका छन् । जसलाई दर्शक तथा श्रोताले रुचाएका छन् ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add