यो मन त मेरो नेपाली हो


नायिका बर्षा सिवाकोटिको 'मायालु तिमी मेरी हौ' / गीतमा राज न्यौपानेको श्वर

नायिका बर्षा सिवाकोटि आफ्नो अहिले सम्मकै ग्ल्यामरस म्युजिक भिडियोमा देखापरेकी छिन | गायक प्रमोद राज न्यौपानेको नयाँ गीत 'मायालु तिमी मेरी हौ' मा उनी मोडल भिजु पार्कीसंग रोमान्टिक लुक्स संगै अन्तरंग दृश्यहरुमा देखिएकी हुन |


प्रमोद राज न्यौपानेको श्वर र संगीत रहेको यस गीतका रचनाकार नृपेश उप्रेती हुन | दुबै जना हाल बेलायत बसोबास गर्छन | गीतमा संगीत सम्योजन भने उदय राज पौडेल ले गरेका छन |

भिडिओ मा बर्षा र भिजु को रोमान्स लाई क्यामेरा मा नवराज उप्रेती ले कैद गरेका छन भने भिडिओ सम्पादन नवीन निरौला को र कोरिओग्राफी तथा निर्देशन गम्भीर बिस्ट को रहेको छ |

यश अघिका 2 ओटा म्युजिक भिडिओ लगातार बेलायत मै छायांकन गरेका गायक प्रमोद राज यस पटक भने ब्यबसायिक, अनुभवी तथा दक्ष कलाकार, निर्देशक र प्रविधिक साथी हरु संग काम गर्ने आफ्नो पहिले देखि कै चाहना पूरा गर्न नेपाल मै भिडिओ बनाएको बताउँछन |

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add