लोकप्रियता कमाएको हाँस्य टेलिसिरियल ‘हिजो आजका कुरा’को नामबाट फिल्म बन्ने भएको छ। शुक्रबार राजधानीमा एक कार्यक्रमकाबीच फिल्म ‘हिजो आजका कुरा’को निर्माण घोषणा गरिएको छ। पन्त प्रोडक्सनद्धारा निर्माण हुने फिल्मलाई वरिष्ठ कलाकार सन्तोष पन्तका छोरा साकार पन्तले निर्देशन गर्दैछन्। सन्तोष र साकार (बाबु–छोरा)को कथालाई सन्दीप किस्नाले लेखेका हुन्।

टेलिसिरियल ‘हिजो आजका कुरा’का शीर्ष कलाकार सन्तोष पन्त र रमा थपलियाको मुख्य भूमिका रहनेछ। साथमा फिल्ममा नितेशराज पन्त, केकी अधिकारी, ऋचा शर्मा, रीमा विश्वकर्मा, जेबिका कार्कीको अभिनय रहनेछ। त्यस्तै हाँस्य कलाकारहरु रमेश अधकारी, सविन शाक्य तथा नव कलाकार विनायक कुँइकेल, अनुष्का अधिकारीको फिल्ममा अभिनय रहनेछ।
काठमाडौंमा अवस्थित चार परिवारको कथामा फिल्म बन्ने लागेको हो। अहिले नेपालीहरुको दैनिकीमा विदेश जाने लहर थपिएपछि हुने उत्साह, उमंग त तिसंगै आउने कठिनाईहरुलाई फिल्ममा हाँस्यापद रुपमा प्रस्तुत गरिने घोषणा कार्यक्रममा जानकारी दिईयो।
फिल्ममा वैदेशिक मोहको राम्रो र नराम्रो पक्षलाई हाँस्यापद र भावनात्मक तरकाले प्रस्तुत गरिने समेत जानकारी दिईएको छ। अशोक घिमिरे सह–निमाृता रहेको फिल्मको छायांकन छठपश्चात शुरु गरिनेछ। काठमाडौं र चितवनमा फिल्मको छायांकन हुनेछ। रवि सायमीको छायांकन रहने फिल्म सम्पादनको जिम्मा विनय कन्साकारको रहनेछ। फिल्ममा हर्कुलेश बस्नेतको गीत/संगीत रहनेछ।आउँदो वैशासम्ममा फिल्म प्रदर्शनमा ल्याउने निर्माण टीमको योजना छ। चलचित्रका लागी निर्माण नियन्त्रक सुभास राज काफ्ले रहेकाछन।

0 comments:
Post a Comment