यो मन त मेरो नेपाली हो


सकियो धुर्मुस -सुन्तलीको चलचित्र ‘सेन्टी भाइरस’को छायांकन

सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को जोडीले निर्माण गरेको फिल्म ‘सेन्टी भाइरस’को छायांकन सकिएको छ।करिब एक महिनाको छायांकनपश्चात शुक्रबार फिल्मको छायांकन सकिएको सितारामले जानकारी दिएका छन्। उनले फेसबुकमा स्टाटस लेख्दै एक गीतको छायांकन बाँकी राख्दै फिल्मको सुटिङ प्याकअप गरिएको जनाएका छन्।

उनीहरुको होम प्रोडक्सन कम्पनी सुबिहानी फिल्मस् प्रा.लीको ब्यानरमा ‘सेन्टी भाइरस’ निर्माण भएको हो। रामबाबु गुरुङ निर्देशित फिल्ममा सिताराम, कुञ्जनासंगै दयाहाङ राई, राजाराम पौडेल, विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणी नेपाल, सूर्यमाला खनाल लगायतको अभिनय रहेको छ।


सामाजिक कथावस्तुमा बन्ने कमेडी जनराको फिल्ममा कुमार कट्टेल र दीपक आचार्यको लेखन रहेको छ। डिन्डु लामा ह्योल्मो निर्माता रहेको फिल्मको सह–निर्मातामा फूर्पा लामा रहेका छन्।

फिल्मको प्रदर्शन मिति भने बाँकी एक गीतको छायांकनपश्चात नै तोकिने जनाईएको छ। राजनराज शिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत, शैलेन्द्र डी कार्कीको छायांकन रहेको फिल्म सम्पादनको जिम्मा निमेष श्रेष्ठको काँधमा छ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add