काठमाडौँ: चलचित्र ‘लप्पन छप्पन २’को फस्टलुक पोष्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोष्टरमा अभिनयताद्धय सौगात मल्ल र अर्पण थापालाई मात्र स्थान दिइएको छ। पोस्टरमा सौगात र अर्पणको लुक्स निकै फरक देखिन्छ। फरक हेयर स्टाइल र लुक्समा सार्वजनिक गरिएको पोष्टरले दर्शकमा चलचित्रप्रति उत्सुकता बढाउन सक्छ। चलचित्र यस वर्षको महाशवरात्रीमा प्रदर्शनमा आउने तयारीमा रहेको छ ।
मुकुन्द भट्टको निर्देशन रहेको चलचित्रमा सौगात र अर्पणसंगै दयाहाङ राई, अनुपविक्रम शाही, नम्रता श्रेष्ठ, शिव श्रेष्ठ, सुरविना कार्की लगायतको अभिनय छ। चलचित्रलाई चिजकुमार श्रेष्ठ र प्रजापति शिवाकोटीले निर्माण गरेका हुन्।
चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
0 comments:
Post a Comment