यो मन त मेरो नेपाली हो


सन्नि लियोन नेपाली चलचित्र ‘पासवर्ड’ को प्रिमियरमा नेपाल आउने

चर्चित बलिउड अभिनेत्री सन्नि लियोन नेपाल आउने भएकी छिन् । उनी आफुले आइटम डान्स गरेको नेपाली चलचित्र ‘पासवर्ड’ को प्रिमियर शो को लागि नेपाल आउने भएकी हुन् । सामाजिक सन्जालमा एक भिडियो पोष्ट गर्दै उनले आफु नेपाल आउने जानाकारी दिएकी हुन् ।


उक्त भिडियो मार्फत उनले नेपाली दर्शक र शुभचिन्तकहरुलाई सेप्टेम्बर ११ तारिखमा काठमाडौंमा हुने ग्राण्ड प्रिमियरमा आफु सहभागी हुने जानकारी गराएकी छिन् । भिडियोमा उनले फिल्मको प्रोमोशनल इभेन्ट एण्ड प्रिमियरमा सहभागी हुन नेपाल आउन लागेको बताएकी छिन् ।


यो फिल्म सार्वजनिक रुपमा भने सेप्टेम्बर १३ तारिख अर्थात भदौ २७ मा प्रदर्शनमा आउनेछ । रिलिजको तीन दिन पहिले हुने प्रिमियरमा सहभागीसँगै तीन दिनसम्म सन्नि नेपाल बस्ने कार्यक्रम रहेको छ । जुन समयमा उनले फिल्मको प्रचार प्रसारमा पनि सघाउनेछिन् ।फिल्ममा उनले ‘आजको साम’ बोलको गीतमा आइटम डान्स गरेकी छिन् ।

चलचित्र ‘पासवर्ड’लाई सम्राट बस्नेतले निर्देशन गरेका हुन् । चलचित्रमा सन्नीसँगै अनुपबिक्रम शाही, विक्रम जोशी, बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, परी राणा, विक्रम बस्नेत, लिजा सुनार, छुल्ठिम गुरुङ लगायतको अभिनय छ ।



एबी इन्टरनेशनलको ब्यानरमा निर्माण भएको यस चलचित्रलाई हिरल जोशी र अमित बस्नेतले मिलेर निर्माण गरेका हुन् ।अकिंत गौतम कार्यकारी निर्माता रहेको फिल्ममा अजित के थापा सहनिर्माताको रुपमा रहेका छन् ।एक्सन, कमेडी, थ्रिलर जनरामा निर्माण भएको ‘पासवर्ड’सौरभ लामाले छायाँकन गरेका हुन् । चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेको हुन् ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add