यो मन त मेरो नेपाली हो


‘पासवर्ड’ को ट्रेलर सार्वजनिक / ट्रेलरमा दम / प्रिमियरमा सन्नी लियोनि नेपाल आउने


 सेप्टेम्बर १३ तारिख अर्थात भदौ २७ मा प्रदर्शनमा आउने सिनेमा "पासवर्ड" को ट्रेलर सार्वजनिक गरिएको छ  ।
नेपाल लगायत यु के मा पनि छायांकन गरिएको यस सिनेमाको ट्रेलरमा दम देखिन्छ।  भारतीय नायिका सन्नी लियोनि लाई पनि फिचर गरिएको यस सिनेमाको बिशेष शो का लागि सन्नी नेपाल आउने भएको छिन।
रिलिजको तीन दिन पहिले हुने प्रिमियरमा सहभागीसँगै तीन दिनसम्म सन्नि नेपाल बस्ने कार्यक्रम रहेकोछ । जुन समयमा उनले फिल्मको प्रचार प्रसारमा पनि सघाउनेछिन् ।फिल्ममा उनले ‘आजको साम’ बोलको गीतमा आइटम डान्स गरेकी छिन् ।

चलचित्र ‘पासवर्ड’लाई सम्राट बस्नेतले निर्देशन गरेका हुन् । चलचित्रमा सन्नीसँगै अनुपबिक्रम शाही, विक्रम जोशी, बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, परी राणा, विक्रम बस्नेत, लिजा सुनार, छुल्ठिम गुरुङ लगायतको अभिनय छ ।

एबी इन्टरनेशनलको ब्यानरमा निर्माण भएको यस चलचित्रलाई हिरल जोशी र अमित बस्नेतले मिलेर निर्माण गरेका हुन् ।अकिंत गौतम कार्यकारी निर्माता रहेको फिल्ममा अजित के थापा सहनिर्माताको रुपमा रहेका छन् ।एक्सन, कमेडी, थ्रिलर जनरामा निर्माण भएको ‘पासवर्ड’सौरभ लामाले छायाँकन गरेका हुन् । चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेको हुन् ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add