
श्रावण ३० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको भेट्रान निर्देशक बिकास आचार्यद्वारा निर्देशित चलचित्र ‘हजार जुनी सम्म’ को रिलिज डेट सरेको छ । करिब एक महिना अघी नै श्रावण ३० लाई प्रदर्शन मिती लक गरेको ‘हजार जुनी सम्म’ अब त्यो मितीमा रिलिज नहुने भएको छ । उक्त मितीमा साउथका सुपरस्टार प्रभास अभिनित फिल्म ‘साहो’ रिलिज हुने भए पछी ‘हजार जुनी सम्म’ अब उक्त मितीमा रिलिज नहुने भएको हो ।
श्रावण ३० मा ‘साहो’ सँगै अक्ष्य कुमारको ‘मिसन मंगल’ र जोन अब्राहमको ‘बाल्टा हाउस’ पनि रिलिज हुँदैछ । यसले नेपाली चलचित्रमा असर पार्नेमा दुई मत नै छैन । तर सोही मितीमा रिलिज हुने अर्को नेपाली चलचित्र ‘दयारानी’ ले अहिले सम्म सोही मितीमा प्रदर्शन हुने देखिएको छ ।
‘हजार जुनी सम्म’ युनिटले भने प्राविधिक कारणले रिलिज डेट सरेको जनाएको छ । तर चलचित्रको रिलिज डेट पछी सर्नुको कारण भने बलिउड फिल्म ‘साहो’ नै रहेको प्रष्ट देखिन्छ । नयाँ मिती अनुसार पनि ‘हजार जुनी सम्म’ ले सोलो रिलिज भने पाउनेछैन । उक्त मितीमा नम्रता श्रेष्ठ अभिनित बहुप्रतिक्षित चलचित्र ‘जाइरा’ रिलिज हुँदैछ । जस अनुसार अब कलिउडमा सर्वाधिक रुचाईएका जोडी आर्यन सिग्देल र नम्रता श्रेष्ठ एक अर्का सँग भिड्ने पक्का भएको छ
। ‘हजार जुनी सम्म’ मा आर्यनको मुख्य भूमिका रहेको छ भने ‘जाइरा’ मा नम्रताको मुख्य अभिनय रहेको छ । आर्यन र नम्रतालाई दर्शकहरुले निकै रुचाएका छन् । यो जोडी अभिनित चलचित्रहरु ‘मेरो एउटा साथी छ’, ‘नोभेम्बर रेन’, र ‘क्लासिक’ दर्शकले अत्याधिक रुचाएको चलचित्र हो । अब हलमा आर्यन भर्सेज नम्रता हुने पक्का भएको छ ।







0 comments:
Post a Comment