शुक्रबारबाट प्रदर्शनमा आएको हरर चलचित्र ‘घर’ले शुक्रबार नै सुखद व्यापारको सुरुवात गरेको छ । शुक्रबार राजधानिका बिभिन्न मत्लिप्लेक्स तथा सिङ्गल स्क्रिनहरुमा चलचित्रले राम्रो सुरुवात गरेको छ। यस चलचित्रलाई अर्पण थापाले लेखन तथा निर्देशन गरेका हुन् । उनले यसअघि पनि हरर चलचित्र ‘सुनकेशरी’निर्देशन गरेका थिए ।
चलचित्र ‘घर’मा अर्पण थापा, सुरक्षा पन्त र बेनिशा हमाल मुख्य भूमिकामा छन् । शुक्रबार नै पत्रकार तथा चलचित्रको प्राबिधिकहरुलाई देखाईएको बिशेस शो मा हेर्नेले सिनेमाको मेकिङ्ग र अभिनयको तारिफ पनि गरे ,साथै सिनेमा निकै उत्कृष्ट बनेको बिचार पनि ब्यक्त गरे। विशेष शो को माहोलमा सिनेमा हेर्ने अधिकांशले चलचित्र हेरुन्जेल मनभित्र डर पैदा गर्न सफल भएको प्रतिक्रिया दिएका छन् ।
एक दम्पतीले घर किनेर बसाइ सरेपछि त्यही घरभित्र हुने भूत–प्रेतको कथामा चलचित्र बनेको छ ।
डिएस डिजिटलको ब्यानरमा निर्माण भएको चलचित्रलाई शर्मीला पाण्डेले निर्माण गरेकी हुन् । सन्तोष अधिकारी चलचित्रको सह निर्माता रहेका छन् । चलचित्रमा सूर्य थोकरको द्धन्द्ध, निरज कंडेलको छायाँकन एवं मिलन श्रेष्ठको सम्पादन छ ।
- फेसबुक कमेन्टस
- गुगल प्लस
Subscribe to:
Post Comments
(
Atom
)










0 comments:
Post a Comment