यो मन त मेरो नेपाली हो


सोनाम र ओसनको प्रेम / "एकलब्य" को मलाई बनायौ किन रिलिज

देशव्यापी यही १० साउनबाट प्रदर्शनमा आउने चलचित्र ‘एकलब्य’को दोश्रो गीत मलाई बनायौ किन…को भिडियो बिहिबार रिलिज गरिएको छ । अघिल्लो गीत ‘पूर्वै चल्नेया रेल…’ लाई दर्शकले रुचाएपछि निर्माण पक्षले यो दोश्रो गीत रिलिज गरेको हो । प्रदर्शनी मिति नजिकिँदै गर्दा निर्माण पक्ष अहिले प्रचारमा जुटेको छ ।

एकलब्यको यो प्रेम भावको गीत मलाई बनायौ किन…मा युवराज चौलागाई र मेलिना राईको स्वर रहेको छ । गीतको शब्द संगीत राजेन्द्र बजगाईको हो । यो गीतमा अभिनेता सोनाम थापामगर र अभिनेत्री ओसन भट्टराईबीचको प्रेम सम्बन्ध देखाईएको छ । भिडियोलाई ओएसआर डिजिटल युट्युव च्यानलबाट रिलिज गरिएको हो । गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् ।

सोनाम र ओसिन भट्टराईसँगै पुष्कर राउत, शुशिल पोखरेल, शुष्मा कार्की, महिला सिलवाल, राजेन्द्र दुलाल, बिराग लोगुनसहितको मुख्य भूमिका रहेको छ । एकलब्यलाई राजेन्द्र दुलाल, सोनाम थापामगर र अभी थापामगरले निर्माण गरेका हुन् ।

यो चलचित्रमा कविराज गहतराज र रामजी लामिछोनेको कोरियोग्राफी, राजेन्द्र बजगाईंको गीत÷संगीत, भोजराज देवकोटाको पटकथा सम्बाद, कृष्ण श्रेष्ठको छायाँकन, अर्जुन जिसीको सम्पादन रहेको छ ।

 एकलब्य चलचित्रलाई अनमोल शर्मा निर्देशन गरेका हुन् । उनका अनुसार यो चलचित्र पारिवारिक प्रेम कथामा आधारित छ । जसमा समाजका विभिन्न अपराधिक घटनालाई उठाइएको छ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add