
भिडियोमा सिनेमाका मुख्य कलाकार अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्कीलाई फिचर्ड गरिएको छ । गीतले एक जोडीको प्रेमभाव बोल्छ । सिनेमा त्रिकोणात्मक प्रेमकथामा आधारित रहेर निर्माण गरिएको निर्देश घिमिरेको भनाई छ । प्रियंकाको एक गरिब र धनी युवकसँग प्रेम रहँदा आइपर्ने उचार चढावमा सिनेको कथा केन्द्रित रहेको निर्माण टिमले जानकारी दिएको छ । सिनेमाको कथा, पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेका हुन् ।
सिनेमामा प्रियंका कार्की, आयुष्मान देशराज जोशी र विशाल खरेलका अलवा हेमन्त बुढाथोकी, शिव शंकर रिजाल, उत्तम केसी, सञ्जय न्यौपाने, श्रीकृष्ण लुइँटेललगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । विशाल खरेलले यो सिनेमाबाट डेब्यू गर्दैछन् । रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको सिनेमालाई बनिष शाह र मिलन श्रेष्ठले सम्पादन गरेका हुन् भने, ‘प्रेम दिवस’मा मानकृष्ण महर्जनको छायाँकन रहेको छ । मनिष दाहाल निर्माता रहेको सिनेमाको कार्यकारी निर्माता सञ्जय न्यौपाने हुन् । ‘प्रेम दिवस’ का गीतमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् ।







0 comments:
Post a Comment