यो मन त मेरो नेपाली हो


कालाेपुल एसिड काण्डः आफ्नै श्रीमानद्वारा जेनीमाथि एसिड प्रहार (अपडेट)

जेठ १, काठमाडौं । कालोपुलमा २० वर्षिय युवतीमाथि एसिड आक्रमण गरेको आशंकामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । एसिड हान्ने ब्यक्ति काभ्रेपलान्चोक जिल्लाका विष्णु भुजेल रहेको प्रहरीले जनाएको छ । भुजेल युवतीका श्रीमान भएको समेत बताईएको छ । उनीहरुको ३ वर्षको छोरा समेत रहेको बताइएको छ । एसिड हान्ने भुजेललाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

एसिड आक्रमणमा परेकी युवतीलाई फेक्ट अस्पताल रिफर गरिएको छ । चाबहिलस्थित ओम अस्पतालमा थप उपचार हुन नसकेपछि २० वर्षिय जेनी खड्कालाई कीर्तिपुर स्थित फेक्ट अस्पतालमा रिफर गरिएको हो ।
,,,

युवतीको शरीरका विभिन्न भाग जलेकाले ओम अस्पतालबाट फेक्ट रिफर गरिएको बताइएको छ । बुधबार साँझ काठमाडौंको कालोपुलमा उनी माथी एसिड प्रहार भएको थियो । के कारणले एसिड प्रहार भयो भन्नेबारे खुल्न सकेको छैन ।श्रोत मकालु खबर
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add