यो मन त मेरो नेपाली हो


मोडल अनुराग ठकुरीले आफ्नो जन्मदिनको अवसर पारेर गीत "प्रिय मान्छे " सार्वजनिक गरे। भिडियोमा अनुराग र श्रेया

पछिल्लो समय नेपाली मोडलिंग र कोरियोग्राफीको क्षेत्रमा सफलता हात पार्दै आएका मोडल अनुराग ठकुरीले आफ्नो जन्मदिनको अवसर पारेर सोमबार आफु अभिनित गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन।  बैशाख १६ गते बागलुङ्गको सर्कुवामा जन्मेका अनुरागले नेपाली म्युजिक भिडियोहरुमा आफुलाई पोख्त बनाईसकेका छन्।  बिगत ५ बर्ष देखि नेपाली मोडालिंग र अभिनयमा सफलता हातपारेका अनुरागले करिब ४५ ओटा भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका छन भने थुप्रै म्युजिक भिडियोहरु  निर्देशन  पनि गरिसकेका छन ।


आफुलाई कुसल डान्सर भन्न रुचाउने अनुरागको डान्सको स्टेपले थुप्रै भीडीयोहरु चर्चित पनि बनेका छन्। म्युजिक भिडियो पनि निर्देशन गर्ने अनुरागको सोमबार जन्म दिनको अवसरमा सार्वजनिक गरिएको गीत "प्रिय मान्छे " बोलको गीतमा अनुराग संगै मोडल श्रेया कार्की लाई पनि फिचर गरिएको छ।  नेपालको रमणीय पर्यटकीय स्थल मुस्ताङ् र आसपास छायांकन गरिएको यस गीतमा गायक रबि मल्लको शब्द /संगीत र   आवाज रहेको छ। गीतको भिडियो  लाई  सुरज ईण्टरटेण्टमेण्टले निर्देशन गरेको छ। गीतमा सुरज खनालले क्यामेरा र सुप्रिम पराजुलीले सम्पादन गरेका छन।  करिब ३  लाखको बजेटमा निर्माण  गरिएको  यस  भिडियो  बाट अनुरागले  राम्रै सफलताको आशा राखेका   छन। यस  भिडियो लगत्तै केहि  समय पछि गायक सुनिल गिरीको आवाजमा रहेको निकै मर्म स्पर्सि भीडीयो सार्वजनिक गर्ने तयारीमा रहेको छु "उनले भने। 
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add