यो मन त मेरो नेपाली हो


चलचित्र’यात्रा’मा समावेश सुपरहिट गीत ’चट्ट रुमाल’ सार्वजनिक (भिडियो)

यहि चैत्र २९ मा रिलिज हुने चलचित्र’यात्रा’मा समावेश गीत ’चट्ट रुमाल’ बोलको गीत सार्वजनिक गरिएको छ ।चलचित्र ’आफ्नो मान्छे’ मा समावेश गीत ’चट्ट रुमाल’ लाई चलचित्र ‘यात्रा’मा  समावेश गरिएको हो। स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठ र नीरुता सिंहको नृत्य रहेको गीतलाई सञ्चारकर्मी बाबुराम दाहालको लेखेका हुन् । गीतमा शम्भुजित बास्कोटाको संगीत रहेको छ भने यसमा शम्भुजित र साधना सरगमले स्वर दिएका थिए । रिएरेन्ज गरिएको गीतमा भने धर्मेन्द्र सेवान र मेलिना राइले स्वर दिएका छन् भने यसलाई राजन इशानले रिएरेन्ज गरेका हुन् ।
गीतलाई प्रविन सिंहले कोरियोग्राफ गरेका छन् । गीतमा राइजिङस्टार सलिनमान बनियाँ , सलोन बस्नेत , डेब्यु गर्ल मलिका महत , जान्हवि बस्नेत , रेअर राई , प्रेक्षा बज्राचार्य, विशाल सापकोटा लगायत फिचर्ड छन् ।  गीतमा कलाकारहरु रेगुलर भन्दा केहि फरक ड्रेसमा देखिएका छन् । गीतलाई झन्डै ४ दिन लगाएर छायांकन गरिएको थियो ।

फिल्मलाई सम्राट शाक्यले निर्देशन गरेका छन् । फिल्ममा सलिनसँगै , सलोन बस्नेत , जान्वी बस्नेत , जय नन्द लामा , रेअर राई , प्रेक्षा बज्राचार्य , धिरेन शाक्य , राजाराम पौडेल , विशाल कटवाल , समृद्धि राई , योगेश जंग कुँवर , इश्वर पौडेल , नानीकाजी डंगोल , राजेश बिसुराल , इश्वर पौडेल , बिशाल पहाडी , प्रजोल भट्टराई , देशभक्तखनाल , कमल मैनाली , सौगात शर्मा लगायतको अभिनय रहनेछ । यसैफिल्म मार्फत मल्लिका महतले डेब्यु गर्दै््िछन भने यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ । फिल्ममा बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन् ।

कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड , क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने फिल्ममा केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेको फिल्ममा बिक्रम पराजुली , मुक्ति तिम्सिना र राम शरण घिमिरे सह( निर्माता रहेका छन् । फिल्मका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । फिल्ममा कथापनि सम्राटकै रहेको छ भने यसलाई उनिसँगै सुरेश न्यौपाने , प्रतिक पौडेल र शिशिर खातीले मिलेर लेखेका हुन् ।

संजय लामाको छायांकन रहेको फिल्ममा प्रविन सिंहको कोरियोग्राफी , हिमाल केसीको द्वन्द , बनिश शाहको सम्पादन , आशिष पौडेलको कस्ट्युम डिजाइन , जटा शंकर गोसाईको आर्ट डिजाइन , निमा लामाको मेकअप र अरुण रेग्मीको प्रोडक्सन डिजाइन रहेकोछ । फिल्ममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाकोसँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत रहेको छ ।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add