यो मन त मेरो नेपाली हो


रोहित शेट्टीको सूर्यवंशीमा अक्षयकुमारको यस्तो रुप

अक्षय कुमार स्टारर फिल्म ‘सूर्यवंशी’को फर्स्टलुक सार्वजनिक भएको छ। रोहित शेट्टीको निर्देशनमा बनेको यो फिल्मको फस्र्ट लुकसँगै रिलिज मिति पनि सार्वजनिक गरिएको हो। फिल्म २०२० को इदको अवसरका रिलिज हुने बताइएको छ।

अभिनेता अक्षय कुमारले आफैँ सामाजिक सञ्जाल इन्स्टाग्राममा उनले फिल्मको पोस्टर सार्वजनिक गरेका छन्। अक्षयकुमारको शीर्ष भूमिका रहेको फिल्ममा उनी वीर सूर्यवंशीको भूमिकामा छन्। करण जोहर निर्माता रहेको यो फिल्मको सुटिङ गोवाबाट सुरु भएको छ।

रोहितले फिल्म ‘सिम्बा’को सुटिङकै क्रममा यो फिल्मको घोषण गरेका थिए। सिम्बा २०१८ को सुपरहित फिल्म हो। यो फिल्ममा अक्षयकुमार अतिथि भूमिकामा थिए।


गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add