यो मन त मेरो नेपाली हो


गीतकार तथा समाजसेवी दीपकराज पाठकको ‘मैले भन्दा धेरै माया’ सार्वजनिक

 गीतकार  र कलाकारको रुपमा परिचय बनाएका गीतकार तथा समाजसेवी दीपकराज पाठकको गीतको चर्चा सधै हुने गरेको छ ,र  अब गीत लेखन संगसंगै यतिबेला पाठक म्युजिक भिडियो निर्देशनतर्फ पनि अघि सरेका छन ।


दर्जनौं गीत लेखेर रेकर्ड गराए पनि गीतकारको परिचय भित्रको अर्को क्षमता वाहाले बल्ल देखाउन सफल हुनुभएको छ  । उनको आफ्नै गीत ‘मैले भन्दा धेरै माया’ मा निर्देशन समेत आफैंले गरेका छन् । गीतकार पाठकको शब्दरचनामा रहेको यस गीतमा विपिन आचार्यले संगीत एवं संगीत संयोजन गरेका छन् भने चर्चित गायिका माण्डवी त्रिपाठीको स्वर गीतमा समावेश गरिएको छ ।

 भिडियोमा कलाकार  गजित विष्ट र कसिस दाहाललाई प्रमुख भूमिकामा फिचरिङ गरिएको छ भने रिता विन्दु पाण्डे, एलिना पाठक र प्रकाश लम्सालको अभिनय रहेको छ । शिवराम श्रेष्ठको छायाँकन रहेको यस भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन । भिडियोको निर्देशन भने गीतकार पाठक आफैंले गरेका हुन् । मेरो आफ्नै शब्द रचना  भएकोले गीतको मर्म अनुसार मैले भिडियो तयार गरेको छु।  आशा छ मन पर्ने छ। हेरेर प्रतिक्रिया दिनुहुने छ भन्ने आशा राखेको छु " गीतकार पाठकले भन्नु भयो। 
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add