यो मन त मेरो नेपाली हो


दुखद खबर : चर्चित कलाकार बीएस राणाको ७८ बर्षको उमेरमा निधन

 नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार बीएस राणाको निधन भएको छ । उनको उपचारको क्रममा काठमाण्डौको टिचिङ अस्पतालमा निधन भएको चलचित्र कलाकार संघकी महासचिव सरिता लामिछानेले जानकारी दिइन् । राणाको केही समयदेखि बिरामी थिए ।

राणाको ७८ बर्षको उमेरमा निधन भएको हो । उपचारको क्रममा उनको मुटुमा पनि समस्या देखिएको थियो ।  उनले अभिनय गरेको पहिलो चलचित्र ‘अन्याय’ हो । वि.सं २०४१ सालमा बनेको यो चलचित्रबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका उनले सय भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए । उनले केही टेलिसिरयलमा पनि अभिनय गरेका थिए ।

उनले अभिनय गरेका चलचित्रहरुमा ‘दक्षिणा, कोसेली, चिनो, दुई थोपा आँशु, नेपाली बाबु, करोडपति, दर्पण छाया २, सेतो बाघ, हवल्दार सुन्तली, काफल पाक्यो, सम्बोधन, साथी म तिम्रो, आई एम सरी, कसले चोर्यो मेरो मन, दासढुंगा, बसन्ती, दाग’ लगायतका थिए ।

उनको आजै पशुपति आर्यघाटमा दाहासंकार गरिने वुझिएको छ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add