यो मन त मेरो नेपाली हो


क्या रमाईलो। तनहुँको बन्दीपुरमा पर्यटकको भीड

तनहुँ, माघ  । पछिल्लो समय तनहुँको बन्दीपुरमा पर्यटकको भीड बढ्दै गएको छ । पर्यटक आउने सिजनको शुरुवातमै तनहुँको पर्यटकीय नगरी बन्दीपुर आन्तरिक तथा बाह्य पर्यटकले खचाखच भरिएको छ ।

स्वदेश तथा विदेशबाट पर्यटक आएपछि बन्दीपुर पर्यटकले खचाखच भएको हो । अहिले दैनिक करिब १ सयदेखि १ सय ५० सम्म स्वदेशी तथा सोही संख्यामै विदेशी पर्यटक बन्दीपुरमा आउने गरेको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष बैँस गुरुङ्गले बताए ।

पछिल्लो समय बन्दीपुर घुम्न आउने पर्यटकको संख्या बृद्धि भएपछि होटल व्यसायीहरु पनि उत्साहित भएका छन् । पहाडकी रानीको नामले चिनिएको बन्दीपुरमा प्राचीन शैलीका घरहरु तथा मनोरम हिमश्रृंखला अवलोकन गर्न पाइने भएकाले त्यहाँ पर्यटकहरु बढ्दै गएका हुन् ।

शान्त र स्वच्छ वातावरण भएका कारण पनि बन्दीपुर पर्यटकहरुको रोजाइमा पर्न थालेको हो । पर्यटकको आगमनमा वृद्धि भएसँगै त्यस क्षेत्रको आर्थिक गतिविधि समेत बढेको स्थानीय ब्यवसायीहरु बताउँछन् ।

बन्दीपुरमा अहिले करिब १ सयको हाराहारीमा सुविधा सम्पन्न होटल र १० भन्दा बढी होमस्टेसमेत संचालनमा छन् ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add