यो मन त मेरो नेपाली हो


पारस शाहको स्वास्थ्य अवस्था गम्भीर : प्लेनकाे टिकट नपाएपछि पूर्वरानी गाडीबाटै फर्किन् काठमाडाैँ

काठमाडाैँ । पूर्वयुवराज पारस शाहलाई हृदयघात भएर अवस्था गम्भीर रहेकाे थाहा पाएपछि पुर्वरानी काेमल शाह काठमाडाैँ फर्केकी छिन् । भ्रमणकाे सिलसिलामा सिमरामा रहेकी पूर्वरानी कोमल जहाजकाे टिकट नपाएपछि साेमबार नै रात्रिगाडीमा काठमाडौं फर्केकी हुन् । काेमलका सहयोगी सुदन थापाले जहाजकाे टिकट नपाएपछि हतारमा गाडीबाटै काठमाडौँ फर्काउने निर्णय भएकाे हाे । अचानक छाती दुखेपछि पूर्वयुवराज पारसलाई साेमबार नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना गरिएकाे थियाे । उनलाई हाल कोरोनरी केयर युनिट (सीसीयू)मा राखेर उपचार भइरहेको र अवस्था खतरामुक्त नरहेकाे अस्पतालले जनाएकाे छ । साेमबार अपरान्ह ४:१५ बजेतिर नर्भिकको आकस्मिक कक्षमा पारसलाई भर्ना गरिएकाे थियाे । उनको मुटुको धमनी पूर्णरुपमा बन्द रहेको पाइएपछि साे अवराेध खुलाउन कोरोनरी एन्जियोप्लाष्टी तथा स्टेन्ट प्रत्यारोपण कार्य गरिएकाे अस्पतालले जनाएकाे छ । उनकाे उपचारमा संलग्न चिकित्सकका अनुसार केही दिन हस्पिटलमै राखिनेछ । सिमरामै रहेका पारसका बुवा तथा पूर्वराजा ज्ञानेन्द्र शाहले साेमबारै खबर पाए पनि अाज हवाईजहाजबाटै काठमाडाैँ फर्किने तयारी रहेकाे बताइएकाे छ । पारसकी श्रीमती हिमानी शाह र छोराछोरीहरु थाइल्यान्डमा रहेकाे बताइएकाे छ । पारसको उपचारमा प्रा.डा. यादवदेव भट्ट, डा. जे.पी. जैसवाल, डा. नग्मा श्रेष्ठ, डा. सन्तोष श्रेष्ठ र एनेस्थेसियोलोजिष्ट डा. प्रज्वल श्रेष्ठको टोली संलग्न रहेको छ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add