यो मन त मेरो नेपाली हो


कप्तान खड्काको शानदार शतक, युएईलाई हराउँदै नेपालले एक दिवसीय खेलमा रच्यो इतिहास

काठमाडौं, १४ माघ । काठमाडौं । संयुक्त अरब इमिरेट्स युएईविरुद्धको तेस्रो तथा निर्णायक खेलमा नेपालले बाजी मारेको छ । नेपालले घरेलु टोली युएईलाई पराजित गर्दै तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखलामा कब्जा पनि जमाएको छ । कप्तान पारस खड्काको शतकमा प्रेरित नेपालले युएईलाई ४ विकेटले हराउदै नेपालले युएईलाई ३ खेल श्रृंखलामा दुई एकले हराएको हो । पहिले ब्याटिङको निम्तो पाएको युएईले दिएको दुई सय ५५ रनको लक्ष्य, नेपालले ४४ दशमलव ४ ओभरमा ६ विकेटको नोक्सानीमा पूरा गरेको थियो । नेपाललाई ऐतिहासिक जित दिलाउन कप्तान पारस खड्काले कप्तानी पारी खेल्दै जितको आधार बनाएका थिए । खड्काले १ सय १५ रनको सतकिय योगदान दिएका थिए । कप्तान खड्का १ सय ९ बलको सामना गर्दै १ छक्का र १५ चौकाको सहयोगमा १ सय १५ रन बनाएर बाहिरिएका थिए । यसपछि आरिफ शेख र सोमपाल कामीको जोडीले मैदानमा अन्तसम्म संघर्ष गर्दै ऐतिहासिक जित दिलाएका थिए । शेखले २१ रन नटआउट रहँदा सोमपाल कामीले २६ रनको पारी खेलेका थिए । उपकप्तान ज्ञानेन्द्र मल्लले ३१ रन, बिनोद भण्डारीले ९ रन, आजको खेलमा डेब्यु गरेका सन्दीप जोराले १९ रनको योगदान दिदा दिपेन्द्र सिह ऐरीले ६ रन रोहित पौडेलले १६ रन बनाएका थिए । बलिङतर्फ युएईका हैदर र अहमदले समान दुई दुई विकेट प्राप्त गर्दा कप्तान मोहम्मद नाबिद र अहमदले एक एक विकेट प्राप्त गरे । टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको संयुक्त अरब इमिरेट्स युएईले एकदिवसीय श्रृंखलाको अन्तिम अर्थात तेस्रो निर्णायक खेलमा युएईले दुई सय ५५ रनको लक्ष्य दिएको थियोे । नेपालले सुरुवातमा कसिलो बलिङ गर्दै युएईलाई केही अप्ठ्यारोमा पारेको थियोे । युएईले उसका मध्यक्रमका ब्याट्सम्यानहरु सम्मानजनक स्कोर तर्फ र्डोयाएका थिए । युएईले ५० ओभर पूरै खेल्दै खेल्दै ६ विकेटको नोक्सानीमा दुई सय रन ५४ रन बनाएको थियो । युएई स्थित आईसीसी मैदानमा भैरहेको अन्तिम खेलमा युएईका सैमन उस्मानले उत्कृष्ट पारी खेल्दै ८७ रनको योगदान दिदा उनले ७० बल खेल्दै २ छक्का ९ चौका प्रहार गरेका पारस खड्काको सिकार भएका थिए । त्यसैगरी मोहम्मद बूटाले पनि आक्रमक पारी खेल्दै बलमा १ छक्का र ५ चौकाको मद्दतले रनको उत्कृष्ट पारी खेले ४३ रनको योगदान दिएका थिए । यसअघि युएईका लागि मुहमद उस्मानले २६ रन, गुलाम सबिर १८ रन जोडेर आउट हुँदा ओपनर जोडी अस्फाक अहमद र चिराग सुरी शून्यमा आउट भएका थिए । युएईले कुनै पनि रन नजोड्दै ओपनर अस्फाक अहमदको विकेटका रूपमा सोमपाल कामीले पहिलो विकेट झारेका थिए । त्यसपछि अर्का ओपनर चिराग सुरीललाई शन्य रनमा करण केसीले पेबेलिएन फर्काएका थिए भने तेस्रो विकेट सन्दीप लामिछानेले दिलाउदा चौथो विकेट कप्तान पारसले दिलाएका थिए । अहिले युएईका सीपी रिजवानले ४५ रन जोड्दै आउट भएका छन । उनले भने ७६ बलमा ५ को मद्दतले ४५ रनको ब्यक्तिगत स्कोरमस करण केसीको बलमा विकेट किपर बिनोद भण्डारीले क्याच गर्दै आउट भएका हुन । बलिङतर्फ नेपालका करण केसीले आफ्नो स्पेलको १० ओभर बलिङ गर्दै २ ओभर मेडन राख्दै ४६ रन खर्चेर २ विकेट हात कप्तानले पनि दुई विकेट हात पारे, भने सन्दीप लामिछाने, सोमपाल कामी, एक एक विकेट हात पारे । एक एक खेल जितेका दुवै टोलिले यो खेल जित्नै पर्ने दबाब रहेको थियोे । नेपालका कप्तान पारस खड्काको यो श्रृंखलाकै पहिलो शतक हो । यो संगै आजको खेलमा खड्का म्यान अफ द म्याच चुनिएका छन् ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add