यो मन त मेरो नेपाली हो


नयाँ चलचित्रको निर्माण घोषणा / बजेट डेढ करोड / निर्देशनको जिम्मा देब कु श्रेष्ठ लाई

निर्देशक देब कुमार श्रेष्ठको निर्देशनमा नयाँ मेगा बजेटको सिनेमा निर्माण हुने भएको छ।  लभ सब , लाल्टिन , नेप्टे  र दि कर्मा जस्ता सिनेमा निर्देशन गरिसकेका निर्देसक श्रेष्ठ हालै नयाँ प्रोजेक्टमा अनुबन्धित भएका छन।  ५० प्रतिशत छायांकन नेपाल र ५० प्रतिशत नेपाल बाहिर छायांकन गरिने यस सिनेमाको नाम भने अहिले सार्वजनिक गरिएको छैन।  निर्देशक देब कुमार श्रेष्ठ कै कथामा बन्ने सिनेमाको हाल कथाको काम भईरहेको उनले बताए।  "कथा फाईनल भएपछी हामि कलाकार छनोट गर्छौ अनि लोकेसन त्यस पश्चात टाइटल सार्वजनिक गर्नेछौ " निर्देशक श्रेष्ठले भने। फिल्मको मिनिमम लागत खर्च अहिले लाई करिब डेढ करोड राखेकाछौ यो बढ्न पनि सक्छ उनले भने। बुधबार एक कार्यक्रमका बीच पत्रकार सम्मलेनको आयोजना गर्दै सिनेमाको निर्माण घोषणा र निर्देशक तय गरिएको छ।



अप्रिल पहिलो हप्ता बाट फ्लोरमा जाने यस सिनेमामा अहिलेको चर्चित कलाकारहरु नै रहने निर्माण टिमले बताएको छ। श्री कृष्ण फिल्मस प्रा. लि. तथा आर के एम प्रोडक्सन को प्रस्तुतिमा निर्माण हुने यस सिनेमाको हाल प्राबिधिक तथा कलाकारहरुको छनोटभईरहेको ।  निर्माता : राजेश जी सि तथा गणेश के सिको लगानी रहने यस सिनेमाको वितरणको जिम्मा भने  केदार पराजुलीले लिएका छन ।  


गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add