यो मन त मेरो नेपाली हो


‘कागजपत्र’ को पहिलो गीत सार्वजनिक (भिडियो)

मंगलवार राजधानीमा एक कार्यक्रमका चलचित्र ‘कागजपत्र’ को गीत सार्वजनिक गरिएको छ । चलचित्रको ‘माया संसार…’ बोलको सार्वजनिक गीतमा हर्कुलस बस्नेतको संगीत,शब्द र स्वर रहेको छ।

कमेडी र सोसल ड्रामा जनरामा राखिएको ‘कागजपत्र’मा चलचित्र ‘कागजपत्र’ मा नाजीर हुसैन,भोलाराज सापकोटा, सरिता गिरी, शिल्पा मास्के, निरज सिंह विष्ट, लक्ष्मी वर्देवा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रको निर्देशक तथा लेखक अपिल बिष्टले गरेका हुन् ।चलचित्र चैत ८ गते रिलिज हुदैछ।फिल्मलाई अस्ट्रेलियन सिनेमाटोग्राफर क्यस्मिर डिक्सनले खिचेका हुन् ।फिल्ममा बसन्त सापकोटा र संगीत सापकोटाको संगीत छ भने निमेष श्रेष्ठको सम्पादन रहेको छ ।

इपी एजुकेशन अष्ट्रेलियाको प्रस्तुतीमा तयार भएको फिल्म वल्र्डवाइड फिल्मस् र अस सिनेमाको संयूक्त व्यानरमा निर्माण भएको यस चलचित्रमा खिलेन्द्र तिमल्सिना, मुकेश रेग्मी र प्रजापति सिवाकाटीको लगानी रहने छ । किरण न्यौपाने र सरस्वती श्रेष्ठ चलचित्रका सह-निर्माताको रुपमा रहेका छन् ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add