यो मन त मेरो नेपाली हो

विवाह पञ्चमी महोत्सवको पाँचौँ दिन आज मटकोर विधि गरिने

जनकपुर । रामजानकी विवाह पञ्चमी महोत्सवको पाँचौँ दिन आज मटकोर विधि गरिने भएको छ । जनकपुरमा आयोजना भइरहेको साताव्यापी रामजानकी विवाह पञ्चमीको अवसरमा मटकोर विधि गरिने भएको हो । 
भगवान् रामको पक्षबाट राम मन्दिरका महन्थ र सीताको पक्षबाट जानकी मन्दिरका महन्थ अभिभावकका रुपमा छलफल गरेर हिजाे तिलाकोत्सव सम्पन्न गरिएको थियाे । तिल्कोत्सवमा सीता पक्षबाट विभिन्न प्रकारको सौगात (भार) लिएर राम मन्दिरमा लगिने गरिन्छ । यसैलाई तिल्कोत्सव भन्ने चलन छ । पाँचौँ दिन मंगलबार मटकोर र छैटौँ दिन राम–सीता स्वयंवर तथा विवाह कार्यक्रम हुनेछ । यसअघि, हिजो भारत उत्तर प्रदेशको अयोध्याबाट रथ लिएर साधुसन्त जन्तीको रूपमा धनुषा पुगेका थिए ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add