यो मन त मेरो नेपाली हो


‘समर लभ’को टिजरमा रेवती क्षेत्रीको न्युड सिन

काठमाडाै‌ । सुविन भट्टराईद्वारा लिखित चर्चित उपन्यास ‘समर लभ’मा आधारित फिल्म ‘समर लभ’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक १ मिनेट लामो टिजरमा फिल्मका मुख्य पात्रहरु आशिष पिया र रेवती छेत्री फिचर्ड छन ।फिल्ममा नव नायिका रेवती क्षेत्रीले सायाको भूमिका निभाएकी छिन् र उनले  फिल्ममा वाथटपमा नुहाउँदै गरेकाे पूर्ण नग्न सिन  समेत दिएकी छन् ।
सुविन भट्टराईकै लेखन रहेको फिल्ममा पटकथा सुविन र सामिप्यराज तिमल्सेना मिलेर तयार गरेका छन् । रेवती र आशिषसँगै फिल्ममा सुरज सिंह ठकुरी, नम्रता सापकोटा, शिशिर भण्डारी, सरोज खनाल, ओम प्रतिक लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्ममा पुष्पन प्रधानको शब्द, संगीत रहेको छ भने कोरियोग्राफी कविराज गहतराजको रहेको छ ।

मानकृष्ण महर्जनले खिचेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् । समर लभ लाई खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीले निर्माण गरेका हुन् ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add