काठमाडौं, मंसिर ९ । काठमाडौं–निजगढ द्रुतमार्गको ललितपुर खोकना–कुदेश खण्डमा उत्खननको क्रममा फेला परेको पुरातात्विक महत्वका स्थान र सामग्रीको संरक्षण गर्न राज्य व्यवस्था समितिले सरकारको ध्यानाकर्षण गराएको छ ।
सिंहदरवारमा आइतबार बसेको समितिको बैठकले पुरातत्व विभागले ‘केही छैन’ भनेको स्थानमा भौतिक संरचना फेला पर्नुले विभागमाथि नै शंका उत्पन्न गराएको भन्दै सो क्षेत्रको संरक्षण गर्न र थप अनुसन्धान अघि बढाउन भनेको हो ।
समितिका सदस्य कृष्णगोपाल श्रेष्ठले सेना लगाएर समस्या समाधान नहुने भन्दै सरकार यस विषयमा गम्भिर हुनु पर्नेमा जोड दिए ।
समितिकी सभापति शशी श्रेष्ठले प्राचीन सामग्री र भौतिक संरचनाको वास्तविकता बुझ्न र द्रुतमार्गका पिडितको समस्याबारे सरोकारवाला निकायहरुले छलफल गर्ने बताइन् । उनले सोमबार स्थानीयबासीसँग समितिले छलफल गर्ने जानकारीसमेत दिइन् ।
खोकनाका स्थानीयवासीले सो क्षेत्र उपत्यकाको पहिलो प्राचीन बस्ती भएको र किराँतकाल भन्दा अघिका धर्माकरको गाउँ भएको दावी गर्दै आएका छन् । गत साता खोकनाको कुदेशमा स्थानीयवासीले उत्खनन् गर्दा पुरानो ईनार, मूर्तिहरु, ईटा बिच्छ्याएको बाटो र घरका जगहरु फेला परेको थियो ।
Home
desh
काठमाडौं–निजगढ द्रुतमार्ग : पुरातात्विक बस्तु फेला परेपछि राज्य व्यवस्था समितिको चासो (भिडियो)
- फेसबुक कमेन्टस
- गुगल प्लस
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment