राखेपका उपाध्यक्ष उपाध्यक्ष तिमल्सिनालाई तिमल्सिनालाई सफथ सफथ खुवाईयो
काठमाडौँ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले राष्ट्रिय खेलकूद परिषद्को उपाध्यक्षसहित तीन सदस्यलाई आज शपथ खुवाउनुभएको छ ।
मन्त्रालयमा आज आयोजित कार्यक्रममा नवनियुक्त सदस्यत्रय पीताम्बर तिमल्सिना, इन्दिरा निरौला र राजेश गुरूङलाई मन्त्री विश्वकर्माले शपथ खुवाउनुभएको हो । यही कात्तिक २६ गतेको मन्त्रिपरिषद् बैठकले रिक्त सदस्य पदमा परिषद्का पूर्वउपाध्यक्ष तिमिल्सिना, गुरुङ र पूर्वराष्ट्रिय भलिबल खेलाडी निरौलालाई नियुक्त गरेको थियो । सदस्यको शपथ लिएलगत्तै मन्त्रालयले तिमल्सिनालाई राखेपको उपाध्यमा नियुक्त गरेको छ ।
सो अवसरमा मन्त्री विश्वकर्माले नजिकिँदै गरेको आठाँै राष्ट्रिय खेलकूद तथा १३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता ९साग०लाई ध्यानमा राखेर काम गर्न नवनियुक्त सदस्यलाई निर्देशन दिनुभयो ।
“पूर्वाधार अभावले हामीले केही महीना आठौँ राष्ट्रिय खेलकूदको मिति सारेका छौँ ।” मन्त्री विश्वकर्माले भन्नुभयो, “अब सबैको ध्यान पूर्वाधारको चाँडो निर्माण र आठौँ राष्ट्रिय खेलकूद तथा सागको सफलतापूर्वक सम्पन्न गर्नमा तपाईंहरुको ध्यान केन्द्रित होस् ।” कार्यक्रममा राखेप सदस्यसचिव केशवकुमार विष्ट तथा मन्त्रालयका उच्च अधिकारीको सहभागिता थियो ।
पर्शुराम क्यानडा प्रस्थान
कराते खेलाडी पर्शुराम बाँस्तोला १९औँ वार्षिक सातो कपमा सहभागी हुन आज क्यानाडाको भेन्कुभर प्रस्थान गर्नुभएको छ । पैँतीस राष्ट्रको सहभागिता रहने सो प्रतियोगिता यही कात्तिक ३० देखि मङ्सिर १ गतेसम्म चल्नेछ । उहाँले एकल कातामा नेपालको चुनौती प्रस्तुत गर्नुहुनेछ । प्रशिक्षकमा मुकेश बरुवाल रहनुभएको छ । पर्शुरामलाई राष्ट्रिय खेलकूद परिषद्का सदस्य एवं नेपाल कराते महासङ्घका अध्यक्ष दावा गुरुङले आज बिदाइ गर्नुभयो ।

0 comments:
Post a Comment