यो मन त मेरो नेपाली हो


अचम्म । एक महिलाले अाफ्नै ‘ प्रेमी’ काे हत्या गरेर उनैकाे मासु पकाइन् र श्रमिकहरुलार्इ ‘ भाेज’ खुवाइन् !

एजेन्सी | सुन्दैमा पनि अाङ सिरङ्ग पार्ने घटना संयुक्त अरब इमिरेट्स (युएर्इ) मा भएकाे छ । मोरोक्कोकी एक महिलाले ७ वर्षदेखि प्रेम गर्दै अाएकाे अाफ्नै प्रेमीकाे हत्या गरी उनकाे मासु पकाएर भाेज खुवाएकाे खुलासा भएकाे छ ।
प्रेमीको हत्यापश्चात् ती महिलाले उनको शरीरका भागहरू पकाएर युएर्इमै कार्यरत पाकिस्तानी श्रमिकहरूलाई भाेजका रुपमा खुवाएकाे बताइएकाे छ ।महिलाले ३ महिनाअघि नै प्रेमीको हत्या गरेर मासु खुवाएकाे अभियोजनकर्ताहरूले आरोप लगाएका छन् । तर याे कुरा भने हालै मात्र बाहिर अाएकाे छ । महिलाको ‘ब्लेन्डर’मा मानव दाँतका अवशेषहरु भेटिएपछि घटना बाहिर अाएकाे हाे ।
युएर्इकाे सरकारी समाचारपत्र ‘द नेशनल’का अनुसार हत्या गरिएका व्यक्तिसँग ती महिला ७ वर्षदेखि प्रेम सम्बन्धमा थिइन् । तर अाफ्नाे प्रेमीले मोरक्कोकै अर्की महिलासँग विवाह गर्ने तयारी गरेको चाल पाएपछि ‘हत्या’ गरेको प्रहरीसामु बयान दिएकी छिन् । हत्यासम्म त सामान्य सकिए पनि मासु नै पकाएर खुवाउनुलार्इ उनले ‘आफ्नो पागलपन’काे संज्ञा दिँदै अाराेप स्वीकार गरेकी छन् ।

हत्या गरिएका व्यक्तिका शरीरका अंगहरूबाट परिकार तयार गरेर आसपासमा काम गरिराखेका पाकिस्तानी कामदारहरूलाई खुवाएको प्रहरी अधिकारीहरुले जनाएका छन् । प्रहरीका अनुसार उनकाे हत्या के कसरी भयाे भन्ने खुल्न सकेकाे छैन तर शरीरका अंगहरु पकाएर भात र मासुको मिश्रित परम्परागत परिकार तयार गरेकी थिइन्, ती महिलाले ।
उमेरले ३० वर्ष हाराहारी पुगेकी ती  महिलाकाे मानसिक अवस्था जाँचका साथै थप अनुसन्धान भइरहेकाे छ । अाराेप पुष्टि भएमा उनले सजायकाे भागीदार हुनुपर्नेछ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add