यो मन त मेरो नेपाली हो


गायिका शोभा पाण्डेको स्वर बजारमा हिट / तीज गीत " आए म त संगिनी ,,,ले पायो राम्रो चर्चा

गायिका शोभा पाण्डेको स्वरमा रहेको तीज गीत " आए म त संगिनी ,,," छोटो समयमा चर्चामा आएको छ। गायन क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएको गायिका पाण्डेको एक महिना अघि सार्वजिक भएको गीतमा गायिका पाण्डे लाई अर्की गायिका सन्जु लम्सालले साथ् दिएकि छिन ।

 डा कृष्ण हरि बरालको शब्द र गैरे सुरेसको संगीत रहेको यस गीतको भिडियो लाई रबिन बिक र रमेश रसईलिले सम्पादन गरेका छन् भने गीतलाई सम्भु चालिसेले छायांकन गरेका हुन् निर्देशन भने शिभ बिक को रहेको छ। बिगत लामो समय देखि गायनमा आफुलाई पोख्त बनाउदै आएकी गायिका पाण्डे यस गीतको चर्चा र श्रोताहरुले दिएको प्रतिक्रिया बाट निकै दंग छिन। लोक तथा आधुनिक गीत जस्तो पानि गाउन सक्ने क्षमता भएकी गायिका पाण्डेको चांडै नै अर्को नयाँ गीत पनि बजारमा आउने उनले बताईन।

नेपाली गायन क्षेत्रमा आफुलाई सफल र अगाडी बढाउने कोसिसमा लागि पाण्डेले गायन संगै संगीतको प्रसीक्षण पनि लिरहेकी छिन। हालै सार्वजनिक गरिएको गीत नेपाली हिन्दु नारीहरुको लागि यो पटकको तीजको उपहार रहेको बताउने गायिका पाण्डे आफु यहि क्षेत्रमा टिक्नु पर्ने भएकोले पनि आफुलाई संगीतको हरेक तह सम्म जाने योजना रहेको उनले बताईन।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add