यो मन त मेरो नेपाली हो


गायक प्रदिप पाण्डे र गायिका मेलिना राईको स्वरमा ‘ओ सानी’ गीत सार्बजनिक

गायक प्रदिप पाण्डे र गायिका मेलिना राईको स्वरमा रहेको ‘ओ सानी’ बोलको गीतको भिडियो सार्बजनिक गरिएको छ । भिडियोमा रियालिटी शो डि.आइ.डि मा धमाका मचाएका डान्सर सुजन मार्पाको साथमा ओशन बास्तोला र रानी श्रेष्ठलाइ फिचर गरिएको छ ।
सार्बजनिक गीतमा शब्द तथा संगीत गायक स्वयम् प्रदिप पाण्डेको रहेको छ । आशिष अविरलले संगीत संयोजन गरेको गीतको भिडियोलाइ ज्ञानेन्द्र शर्माले छायांकन गरेका छन् भने विकास ज्ञवालीले सम्पादन गरेको भिडियोलाइ सुजन मार्पाले निर्देशन तथा कोरियोग्राफी गरेका हुन् । ओ सानी गीत अहिलेको समयको चल्तीको गीत बनेको छ । गायक प्रदिप पाण्डेले यस अघि पनि विभिन्न गीतहरुमा आफ्नो स्वर दिइ सकेका छन् । लेक्चरर पाण्डेले संगीत क्षेत्रमा पनि आफुले समय दिने र निरन्तर गीत संगीत सार्बजनिक गरि रहने बताए ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add