यो मन त मेरो नेपाली हो


सन्नी लियोनी नेपाली फिल्ममा/ निर्देशन गर्दै नेपाली निर्देशक सम्राट बस्नेत

काठमाडौं । बलिउड र नेपाली चलचित्रको सहकार्यमा बन्न लागेको नेपाली फिल्म ‘पासवर्ड’मा बलिउडकी हट अभिनेत्री सन्नी लियोनीले अभिनय गर्ने भएकी छिन् । चलचित्र ‘पासवर्ड’को सम्पूर्ण छायाङ्कन भने लन्डनमा हुने भएको छ । यो चलचित्रमा सन्नीको साथमा केही नेपाली कलाकारहरुपनि देखिने भएका छन् । चलचित्रमा अनुप विक्रम शाही, बुद्धि तामांग , नायिका छुल्ठिम गुरुङ, रविन्द्र झा, प्रवीण खतिवडा ,  लगायतका कलाकारहरू देखिने भएका छन् ।

यस विषयमा अभिनेता अनुप विक्रम शाहीसँग बुझ्न खोज्दा उनी भन्छन् ‘यो चलचित्रको लागी साइन भइसकेको छ । चलचित्रमा सन्नीको अहम भूमिका रहेको छ । उनको एक आइटम गीत पनि छ । तर कस्तो भूमिका हो खुलाउन मिल्दैन । ’ अनुपको अनुसार चलचित्र छायाङ्कनको लागी यो टिम केही दिनमै लडण्न उडदैछ । चलचित्रलाई सम्राट बस्नेतले निर्देशन गर्दैछन् । चलचित्रलाई निर्माण भने हिराल जोशी र अमित बस्नेतले संयुत्तरुपमा गर्दैछन् । सिनेमा लाई सौरब लामाले खिच्न छन्। 
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add