यो मन त मेरो नेपाली हो


निर्देशक योगेश घिमिरेले बनाउने भए ‘राधा २’ / मुख्य भुमिकामा प्रियंका

काठमाडौं । दुई वर्ष अघि रिलिजमा आएको फिल्म ‘राधा’को दोस्रो सिक्वेल बन्ने भएको छ । फिल्म ‘राधा’मा अभिनेत्री संचिता लुँइटेल र जीवन लुइटेलको मुख्य भुमिका रहेको थियो ।
योगेश घिमिरेको निर्देशनमा बन्न लागेको ‘राधा २’ मा अभिनेत्री प्रियंका कार्की फाइनल भएकी छन् । प्रियंकाको मुख्य भुमिका रहने यो फिल्ममा दुई अभिनेता रहनेछन् । तर अहिले ती दुवै अभिनेताहरु नाम खुलाइएको छैन । जानकारीमा आएअनुसार यो फिल्ममा एक जना चल्तीका अभिनेता हुनेछन् भने अर्को फ्रेस फेस हुनेछन् । आगामी भदौ २५ गतेबाट यो फिल्मको छायाङ्कन सुरु गरिने निर्माण पक्षले बताएका छन् । यो फिल्ममा बसन्त सापकोटा, दीपक शर्मा र महाराज थापाको संगीत रहनेछ । फिल्मलाई संजय न्यौपानेले निर्माण गर्दैछन् । फिल्मको कथा प्रदिप भारद्धाजले लेखेका हुन् ।  
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add