यो मन त मेरो नेपाली हो


‘मेरी मामु’ टिमलाई शिक्षक देखि विद्यार्थीसम्मले घेरे

‘मेरी मामु’ टिमलाई शिक्षक देखि विद्यार्थीसम्मले घेरे
काठमाडौं । आगामी भदौ १५ गतेबाट दर्शकमाझ ‘मेरी मामु’ फिल्म रिलिजमा आउँदैछ । यो फिल्मको रिलिज मिति नजिकिदै गर्दा निर्माण पक्षले आफ्नो प्रचार प्रसारलाई तिब्र पारिरेहको छ ।


७ वर्षीय बाल कलाकार आयुव सेनको मुख्य भुमिकामा रहेको फिल्म ‘मेरी मामु’को टिम प्रचार प्रसारकै क्रममा काठमाडौंका विभिन्न विद्यालयहरुमा पुगेको छ । निर्माता सन्तोष सेनका अनुसार यो फिल्मले आमा छोराको कथालाई पर्दामा प्रस्तुत गर्नेछ, यसै कारण फिल्मबारे बालबालिकालाई जानकारी गराउन विद्यालयलाई लक्षित क्षेत्र निर्धारण गरिएको हो ।

गत शुक्रबार ७ वर्षीय बाल कलाकार आयुव सेनको फिचरिङ रहेको फिल्मको गीत ‘आमा’ सार्वजनिक गरिएको थियो । सोे गीत सार्वजनिक भएसँगै बाल कलाकार आयुवको कामको चौतर्फी तारिफ भैरहेको छ । ‘मेरी मामु’ टिमले आयुव लगायत फिल्मका अन्य कलाकारलाई लिएर विध्यालयहरुमा पुगिरहेको छ ।

साथै विद्यालयका विद्यार्थीहरुले आसुसेन फिल्मसबाट उपलब्ध पर्चिमा आफ्नो आमाको बारेमा केही शब्द कोर्न लगाइएको छ, र सो पर्चिहरुलाई संकलन गरेर राखिदै आएको छ । देशभरबाट संकलित ती पर्चिहरु मध्य गोला प्रथाबाट लक्की ५ जना आमा र बच्चालाई निशुल्क ३ दिन २ रातको थाइल्याण्ड भ्रमण प्याकेज आसुसेन फिल्मसले प्रदान गर्नेछ ।

यसकारण पनि आफुहरुको स्कुल क्याम्पेन फिल्म प्रचार प्रसारका लागि मात्र नभएर आमा र बच्चाको बलियो सम्बन्ध स्थापनाको लागि भएको निर्माता सेनले बताए ।

हालसम्म राजधानीका दर्जन बढी विद्यालयमा ‘मेरी मामु’ टिम पुगिसकेको छ भने धेरै भन्दा धेरै विद्यालयमा पुग्ने उद्देश्य रहेको फिल्मका पब्लिसिटी डाइरेक्टर किरण आचार्यले बताए । यो अभियान काठमाडौं केन्द्रित मात्र नभएर आगामी साता देखि देशै भर सत्तचालन हुने आसुसेन फिल्मसले जनाएको छ ।

यो फिल्ममा आयुव सेन, सारुक ताम्राकार, आश्लेशा ठकुरी, कुसुम गुरुङ, भुवन चन्द, दुर्गा मल्ल ठकुरी, कृजन गौतम, सानु ताम्राकार लगाएत कलाकारहरुको अभिनय रहेको छ ।

फिल्मलाई यम थापाले निर्देशन गरेका हुन् । फिल्मको कथा पन निर्देशक थापाको आफ्नै रहेको छ । फिल्मलाई सन्तोष सेनले निर्माण गरेका हुन् ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add