काठमाडौं । बलिउडका चर्चित अभिनेता अर्जुन कपुर चलचित्र ‘इण्डियाज् मोस्ट वान्टेट’को सुटिङको लागी नेपाल आइपुगेका छन् ।अभिनेता अर्जुन कपुर सोमबार काठमाडौं अवतरण गरेका हुन् ।पछिल्लो समय बलिउडका चर्चित अनुहारहरू नेपाल आउने क्रम बाक्लो छ । केही समय अघि एक दिनको लागी मात्र बलिउड अभिनेत्री करिष्मा कपुर नेपाल आइपुगेकी थिइन् ।
काठमाडौँ अवतरण गर्ना साथ अर्जुन पोखरा सुटिङको लागी पुगिसकेका छन् । चलचित्र इण्डियाज् मोस्ट वान्टेटमा अर्जुन एक प्रहरी अफिसरको भूमिकामा देखिन्दैछन् ।यो चलचित्रलाई राजकुमार गुप्ताले निर्देशन गरिरहेका छन् । नेपाल र दिल्लीमा छायाङ्कन हुने यो चलचित्रको दिल्लीका सेड्युल सकिसकेको भारतीय मिडियाले उल्लेख गरेको छ । चलचित्र सुटिङको क्रममा अर्जुन कति समय नेपाल हुनेछन् त्यो भने खुलाइएको छैन ।

0 comments:
Post a Comment